Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले विधान संशोधन प्रस्ताव: उपमहासचिव पद खारेज

    एमाले विधान संशोधन प्रस्ताव: उपमहासचिव पद खारेज

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । आजदेखि सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

    विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन् । यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहेको एमालेमा उपाध्यक्ष कति बनाउने भनेर व्यापक छलफल भएको थियो । सुरुमा अध्यक्ष केपी शर्मा ओलीले ३ जना उपाध्यक्ष राख्ने प्रस्ताव राखेका थिए ।



    केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा ३ जना उपाध्यक्ष र ७ सचिवको प्रस्ताव राखेका थिए । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार