Online Nepal
  • बुधबार, १० पुष २०८१
  • गोदावरीमा अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत गाउँदै सुरु भयो एमाले विधान महाधिवेशन

    गोदावरीमा अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत गाउँदै सुरु भयो एमाले विधान महाधिवेशन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो ।

    अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने भनिएको यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।



    विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी छन् ।



    विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार