Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले प्रथम विधान महाधिवेशन:

    एमाले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी लैजाने

    एमाले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी लैजाने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङमार्फत् विधान महाधिवेशन स्थल गोदावरी लाने भएका छन् ।

    अध्यक्ष ओलीलाई ललितपुरको सातदोबाटोबाट स्कर्टिङ गर्दै गोदावरीसम्म पुर्‍याइने पार्टीका एक नेताले जानकारी दिए।



    गोदावरीमा आजबाट सुरु हुने विधान महाधिवेशनको १२: १५ मा एमाले अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ। पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् ।



    उद्घाटन सत्रपछि महाधिवशेनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

    एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्त दुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक रहेको मूल व्यवस्थापन समिति गठन गरेको छ । व्यवस्थापन समितिको सचिव शेरबहादुर तामाङ र सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन्।

    विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार