Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाले गर्‍यो एक महिनामा चौथो मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले बिहीबार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको जनाएको छ ।

एक महिनाभित्र उत्तरले चौथो पटक मिसाइल परीक्षण गरेको छ । हाइपरसोनिक मिसाईल परीक्षण गरेको तीनदिनपछि दिनपछि उत्तरले शुक्रबार फेरि अर्को मिसाईल परीक्षण गरेको हो । उसले परीक्षण गरेको हाइपरसोनिक मिसाईलको वेग आवाजभन्दा पाँच गुणा छिटो भएको बताएको छ।

शुक्रबार परीक्षण गरिएको नयाँ एन्टि–एयरक्राफ्ट मिसाईलमा नयाँ प्रविधि समेटिएको र बिरोधीको लडाकु विमानलाई सजिलै निशाना बनाउने दाबी गरिएको छ ।

उत्तरको शृंखलाबद्ध परीक्षणले कोरियाली प्रायद्वीपमा अस्थिरता र असुरक्षा निम्त्याएको अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले बताए। तर, उत्तरले आफ्नो सुरक्षाका लागि यस्ता हतियार परीक्षण गरेको बताउँदै अमेरिका र दक्षिण कोरियाले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077