Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वदलीय बैठक बहिष्कार गर्ने एमालेलाई कांग्रेस नेता पौडेलको कटाक्ष: छलफलमै नबस्ने हठले राजनैतिक गतिरोध अन्त्य हुँदैन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सर्वदलीय बैठक बहिष्कार गरेर राजनीतिक गतिरोध अन्त्य हुन नसक्ने बताएका छन्। बिहीबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित भएको विषयमा टिप्पणी गर्दै उनले छलफलमै नबस्ने हठले समाधान नहुने बताएका हुन्। सामाजिक सञ्जालमार्फत् धारणा व्यक्त गर्दै कांग्रेस नेता पौडेलले म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसद्‌बाट निकास खोज्नु बुद्धिमत्ता हुने बताएका छन्। उनले लेखेका छन्, 'सर्वदलीय बैठक बहिष्कार गर्ने, संसद् अवरोध गर्ने, छलफलमै नबस्ने हठले राजनैतिक गतिरोध अन्त्य हुँदैन। म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसद्‌बाट निकास खोज्नु बुद्धिमत्ता हो। संसद्को सर्वोच्चतालाई स्वीकार्ने नेतृत्वले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077