Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आजदेखि अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन, प्रचण्डले गरे उद्घाटन (तस्बिरहरु)

काठमाडौँ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आजदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  गरेका थिए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् ।

यस्तै, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077