Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादीमा युवा नेताहरुको कमी नभएको प्रचण्डको दाबी

    माओवादीमा युवा नेताहरुको कमी नभएको प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा युवा नेताहरुको कमी नभएको बताएका छन् ।

    बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले विद्यार्थी नेताहरूको संख्या हेर्दा नेपाली राजनीतिमा युवा नेताहरूको कमी नभएको  बताए ।



    सम्बोधनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विद्यार्थी नेताहरूलाई अब पार्टीको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव गरेको बताए ।



    ‘अब हाम्रो लागि युवा नेताहरूको कमी रहेनछ । विद्यार्थी नेताहरू कम्युनिष्ट पार्टी नेतृत्वको उत्तराधिकारीको रूपमा तयार भइसक्नुभएको रहेछ,’ प्रचण्डले भने, ‘हिजोमात्र स्थायी कमिटीको बैठक थियो, त्यहाँ अब हाम्रो लागि युवा नेताहरूको दुःख रहेनछ।’

    ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आजदेखि सुरु भएको अखिल क्रान्तिकारीको सम्मेलन आगामी शनिबारसम्म चल्ने बताइएको छ।

    सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् ।

    यस्तै, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी  भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार