Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले माधव नेपाललाई सहयोग गर्नकै लागि अध्यादेश ल्याएको बाबुराम भट्टराईको खुलासा

कास्की । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई सहयोग गर्नकै लागि सरकारले दलसम्बन्धी अध्यादेश ल्याएको खुलासा गरेका छन् ।

बिहीबार पोखरामा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माधव नेपाललाई दल विभाजन गर्न जरुरी रहेकाले अध्यादेश ल्याउनु परेको बताए ।

कार्यक्रममा माधव नेपालकै कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलाई भएको स्वीकार्दै भट्टराईले भने, ‘अब छिट्टै सरकार विस्तार हुन्छ’, सबै प्रक्रियाअनुसार नै चलेको छ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृतिलाई परास्त गर्न गठबन्धनको सरकार बनेको दाबी गरेका भट्टराईले छिट्टै प्रदेश सरकारमा पनि सहभागी हुने बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धनको क्षमताबारे प्रशंसा गर्दै  राजनीतिमा कसैले पनि दयामाया गरेर अगाडि नबढ्ने प्रष्ट पारे। 'मआफ्नै क्षमताले गठबन्धनमा समावेश भएको हुँ, उनले भने, राजनीतिमा दयामाया हुँदैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077