Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेश भ्रमणमा जाने नेपालीलाई ५ सय र २ सय ५० डलरको सीमा

काठमाडौँ । सरकारले विदेश भ्रमणमा जाने नेपालीले साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाएको छ ।

बिहीबार गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरी युरोप, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा ५ सय अमेरिकी डलर तथा खाडी मुलुक, मलेसिया, सार्क राष्ट्र र थाइल्याण्डको हकमा न्यूनतम २ सय ५० डलर र माथी उल्लेख गरिएका बाहेकका मुलुकमा ५ सय डलर साथमा लैजान पाउने गरी अध्यागमन कार्यविधि २०६४ संशोधन गरेका छन् ।

संशोधित प्रावधान कार्यान्वयन गर्न बिहीबार गृह मन्त्रालयले विभागलाई पत्राचार गरेको हो । घुम्न जाने व्यक्तिका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077