Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आईपिएल : राजस्थानमाथि बैंगलोरको जित

    आईपिएल : राजस्थानमाथि बैंगलोरको जित

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई हराएको छ।

    दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो। राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो।



    बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले। श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए। देबदत्त पड्डीकलले २२ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए।



    त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सन्जु सामसनले १९ रन बनाए।

    जितसँगै बैंगलोर ११ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ। राजस्थान ८ अंकसहित सातौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार