Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको स्वास्थ्यमा समस्या, भेटघाटका कार्यक्रम बन्द

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ।

मंगलबारदेखि नै स्वास्थ्यमा समस्या भएका कारण नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको नेपालनिकट एक नेताले जानकारी दिए।

नेपाललाई रुघा खोकीलगायतको समस्या देखिएको तर कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ आएको ती नेताको भनाइ छ।

अहिलेको भाइरल ज्वरो र धपेडीले गर्दा नेपालमा समस्या देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077