Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आईपिएल : पन्जाबविरुद्ध मुम्बईको जित, यी हुन् प्ले अफ खेल्ने सम्भावित टिम

    आईपिएल : पन्जाबविरुद्ध मुम्बईको जित, यी हुन् प्ले अफ खेल्ने सम्भावित टिम

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 1.5K
    SHARES

    एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ। शनिबार राति भएको खेलमा मुम्बई जित निकालेको हो।

    जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईको जितमा हार्दिक पान्ड्याले ३० बलमा ४ चौका र २ छक्का सहित अविजित ४० रनको योगदान दिए।



    काइलन पोलार्डले ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे। सौरभ तिवारी ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४५ रन बनाए। कप्तान रोहित शर्मा ८, क्विन्टन डि कक २७ र सूर्यकुमार यादव शून्यमा आउट भए।



    पन्जाबका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। मोहम्मद शामी र नाथन एलिसले १–१ विकेट लिए। त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।

    पन्जाबका एडेन माक्ररमले २९ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए। दीपह हुड्डा २६ बलमा १ चौका र १ छक्का सहित २८ रन जोडे। ओपनर तथा कप्तान लोकेश राहुल २१, मन्दीप सिंह १५, क्रिस गेल १ र निकोलस पुरन २ रनमा आउट भए। हरप्रीत ब्रार १४ र नाथन एलिस ६ रनमा अविजित रहे।

    मुम्बईका काइरन पोलार्डले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। पोलार्डनै खेलमा प्लेयर अफ द म्याच चुनिए। जस्प्रित बुमराहले २, क्रुनाल पान्ड्या र राहुल चाहरले १–१ विकेट लिए। मुम्बईले अव शनिबार दिल्ली क्यापिटल्ससँग शारजाहमा खेल्नेछ। पन्जाबले शुक्रबार कोलकातामा दुबईसँग खेल्ने छ।

    हाल चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हार सहित १६ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा छ। दिल्ली क्यापिटल्स ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ।

    रोयल च्यालेन्जर्स बेंगलोर १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ। कोलकाता ११ खेलमा ५ जित र ६ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ। मुम्बई इन्डियन्स ११ खेलमा ५ मा जित र ६ मा हार सहित १० अंक बटुल्दै पाँचौ स्थानमा छ।

    पन्जाब ११ खेलमा ४ मा जित र ७ मा हार सहित ८ अंकका साथ छैटौं स्थानमा रहेको छ। राजस्थान रोयल्स १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंकका साथ छैटौं स्थानमा छ। सनराइजर्स हैदराबाद १० खेलमा ८ मा हार र २ मा जित सहित ४ अंक जोड्दै पुछारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार