Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • तुइन प्रकरण सामसुम पार्न भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी ‘सुटुक्क’ काठमाडौं ओर्लिए

    तुइन प्रकरण सामसुम पार्न भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी ‘सुटुक्क’ काठमाडौं ओर्लिए

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 2K
    SHARES

    काठमाडौं । भारतीय विदेश मन्त्रालय एक उच्च अधिकारी सुटुक्क नेपाल आएका छन्। नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव तीनदिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन्।

    मंगलबार काठमाडौं आइपुगेका उनले भ्रमणका दौरान कार्यवहाक परराष्ट्र सचिव प्रकाश सुवेदी, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई लगायत नेपाल सरकारका अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ।



    श्रीवास्तवले दुई मुलुकबीच अर्थ, व्यापार र सम्बन्धको बारेमा शीर्ष व्यक्तिहरुसँग छलफल गर्नेछन्।



    त्यतिमात्र होइन दार्चुलाको तुइन प्रकरणबारे पनि उनले नेपालका उच्च अधिकारीसँग गोप्यरुपमा छलफल गर्ने स्रोतले दाबी गरेको छ। सो घटना सामसुम पार्ने प्रयास श्रीवास्तवले गर्ने बताइएको छ।

    नक्सा, सरकार परिवर्तनलगायतका घटनाक्रमपछि नेपाल भारतको सम्बन्धमा चिसो आएको छ। भारतले नेपालको कालापानी क्षेत्रलाईसमेत समेटेर नक्सा निकालेको थियो। त्यसपछि नेपालले पनि नयाँ ’चुच्चे नक्सा’ जारी गरेपछि दुई मुलुकबीच सम्बन्धमा खटपट भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार