Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सम्पादकहरुसँग ओलीको गुनासो: सरकारले संविधान मिच्दा पनि मिडिया चुप लाग्यो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यमहरुको भूमिकालाई लिएर असन्तुष्टि प्रक्रट गरेका छन् ।

मंगलबार नयाँबानेश्वरको अल्फाबिटामा करिब ५० जना सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मिडियाले सरकारलाई खबरदारी गर्नु पर्ने बताए । 'मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ, 'ओलीले भने। यस्तै, ओलीले आफूहरुलाई मिडियाले खबरदारी गरेको र गल्ती कम भएको समेत दाबी गरे। 'हामीलाई सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भयो, खबरदारी जारी राख्नुपर्छ।'

कार्यक्रममा ओलीले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसदको अवरोधलगायतका विषयमा पनि आफ्नो संक्षिप्त धारणा प्रस्तुत गरेका थिए। प्रदीप ज्ञवाली, र योगेश भट्टराईलाई दायाँबायाँ राखेर ओलीले अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077