काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले आउँदै गरेको चाडपर्व (दशैँ, तिहार र छठ)मा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार मन्त्री खाँणले उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई नागरिकहरुलाई अनुभूति हुनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्यो । नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन; उनले भने, ‘चाडपर्वमा परिवर्तन देखिनुपर्यो।’
बैठकमा मन्त्री खाँणले जनतालाई मुस्कुराएर सेवा दिन निर्देशनसमेत दिए। ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन्। योजना मात्रै राम्रा भएर भएन । ती योजना व्यवहारमा कार्यान्वयन गर्नुपर्यो,’ उनले भने,‘प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिन पर्यो।’
Leave a Reply