Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • गर्लफ्रेण्ड हत्या प्रकरण: प्रेमी भन्छन्- यौन सम्पर्क गर्दा तौलियाले घाँटी समाउने ‘सेक्स गेम’ थियो

    गर्लफ्रेण्ड हत्या प्रकरण: प्रेमी भन्छन्- यौन सम्पर्क गर्दा तौलियाले घाँटी समाउने ‘सेक्स गेम’ थियो

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 2K
    SHARES

    एजेन्सी ।  पैसाको लागि आफ्नी गर्लफ्रेण्डको हत्या गरेको आरोप लागेका युवकले अदालतमा आफ्नो दलील दिएका छन् । उनले प्रेमिकाको हत्या गरेको आरोपबारे आफ्नो दलील दिएका हुन्।

    स्वीजरल्याण्डको एक होटलको कोठामा बेलायती २२ वर्षकी एना रिड मृत अवस्थामा भेटिएकी थिइन् । होटलमा उनी आफ्ना जर्मन ब्वाइफ्रेण्ड मार्क शेजलसँग बसेकी थिइन् । शेजल एक बाउन्सर हुन् । उनीमाथि लगाइएको आरोपअनुसार डाक्टरलाई बोलाउनुभन्दा पहिले उनले एनाको हत्या गरेका थिए । अदालतमा यो केसमा सुनुवाइको क्रममा शेजलले एनाको मृत्यु ‘सेक्स गेम’को क्रममा भएको दावी गरेका छन् ।



    द सनका अनुसार एना हत्याको आरोपमा मुद्दा खेपिरहेका शेजलले अदालतमा यौन सम्पर्कको क्रममा गल्तीले तौलियाले घाँटी थिचेँको बताए । उनले होटलको बाथरूमको भुइँमा यौन सम्पर्क गर्दा गल्तीले तौलियाले उनको घाँटी समाएको बताएका हुन्।



    रिपोर्टका अनुसार उनले  एक न्यायाधीशले सोधेको बेला भने, ‘हामीले बाथरूमको भुइँमा सेक्स गरेका थियौं। मैले अन्नाको घाँटीमा हातको तौलिया राखें। त्यसपछि मैले यसलाई मेरो हातले थिचेँ, जस्तो कि हामीले पहिले सय पटक गरेका थियौं। अचानक उनी हिँड्न बन्द गरिन्, उनको जिब्रो बाहिर  निस्किरहेको  थियो। मैले उनलाई पुनर्जीवित गर्न कोसिस गरे तर सकिन।’

    समाचारका अनुसार  शेजललाई ४० हजार पाउण्ड (नेपाली रुपैयाँ ६५ लाख) ऋण लागेको थियो । यस्तोमा उनले आफ्नी गर्लफ्रेण्डको खातामा २५ हजार पाउण्ड (४० लाख रुपैयाँ) भएको थाहा पाएपछि उनले यो पैसा हडप्ने योजना बनाए । उनले पहिले एनाको हत्या गरे त्यसपछि यसलाई शारीरिक सम्बन्धका क्रममा दुर्घटनावश भएको मृत्यु भनेर उम्किने प्रयास गरे । अदालतले छिटै यो केसमा फैसला सुनाउन सक्ने समाचारमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार