काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भातृसंगठन लोकतान्त्रिक युवा संघले चीनचीनविरूद्ध प्रदर्शन गरेको छ।
मंगलबार दिउँसो युवा संघले छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले नेपाली भूमि मिच्न पाइदैन भन्दै चीनविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग चीनले अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
सरकारले नेपाल-चीन सीमाको स्थलगत अनुगमनका लागि गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाइसकेको छ । तर, प्रतिवेदनमा चीनले सीमा मिचेको प्रष्टसँग खुलाइएको छैन।
भिडियो सो पार्टीका युवा नेता कृष्णा सिंहको फेसबुकबाट लिइएको प्रदर्शनको भिडियो:
Leave a Reply