Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेसबाट सरकारमा जानेहरुको टुंगो लाग्यो, यी हुन् मन्त्री बन्ने नयाँ अनुहारहरु

    कांग्रेसबाट सरकारमा जानेहरुको टुंगो लाग्यो, यी हुन् मन्त्री बन्ने नयाँ अनुहारहरु

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेसँगै सत्तारुढ दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेहरुको नाम टुंगो लागेको पार्टीका एक नेताले जानकारी दिए ।



    गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एक राज्यमन्त्री पाएको छ । यस्तै, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय पाएको छ।



    यसअघि कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री पाइसकेको छ । जसमा क्रमश: देउवा, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्का र उमेश श्रेष्ठ रहेका छन्। उनीहरु सबै प्रधानमन्त्री देउवा पक्षका मानिन्छन्।

    सहमतिअनुसार अब कांग्रेसबाट मात्र तीन जनाले मन्त्री बन्न पाउनेछन् । जसमा पौडेल समूहबाट दुई ( दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजाल) र सिटौला समूहबाट एकजना मन्त्री बन्ने स्रोतको दाबी छ।

    कांग्रेस स्रोतका अनुसार सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने कांग्रेस स्रोतले बताएको छ । यद्यपि बाँकी मन्त्री बन्नेहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन । गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि मात्रै मन्त्रालयको टुंगो लाग्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार