Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको पार्टीबाट को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने पार्टी कार्यालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलका तर्फबाट मन्त्री हुनेको लिष्ट प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । जसमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ छन्।

यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने स्रोतको दाबी छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने नेकपा समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ । तर, कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो नलागेको स्रोतको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077