Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने बाबुरामको टिप्पणी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई कटाक्ष गर्दै संसदमा आउन लाज हुनुपर्ने टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन लाज हुनुपर्ने टिप्पणी गरे ।

उनले नैतिकताका आधारमा पनि एमालेका सांसदहरुले राजिनामा दिनुपर्ने बताए । उनले भने 'उहाँ (एमाले सांसद) हरुमा अलिकति पनि नैतिकता छ भने संसद अवरुद्ध पारेर बस्न हुन्न, राजीनामा गरेर जनताको बीचमा जानुपर्छ।'

यस्तै, अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला नमान्ने भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको बताए ।  ‘जसले संसदलाई २/२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने ?'भट्टराईले आक्रोश ब्यक्त गरे।

भट्टराईले आफूले २०७२ सालमा पार्टी छोदेको स्मरण गर्दै त्यतिबेला आफूले तुरुन्तै राजीनामा गरेको बताए । '

मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभापछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिए । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।उहाँहरुले नैतिकताका आधारमा पनि राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077