Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • बर्दियामा बाघ आतंक: फर्मभित्र रहेका २१ वटा बाख्रा एकै रातमा सखाप

    बर्दियामा बाघ आतंक: फर्मभित्र रहेका २१ वटा बाख्रा एकै रातमा सखाप

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.7K
    SHARES

    बर्दिया । पछिल्लो समय बर्दियामा बाघको आतंक निकै बढेको छ। निकुञ्ज वरपरका घरहरु र राजमार्ग क्षेत्रमा बाघले दिनहुँ जसो आक्रमण गर्दै आएको छ।

    यसैबीच जिल्लाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्मका २१ वटा बाख्रालाई बाघले मारेको छ ।



    व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो ।



    फर्म सञ्चालक पौडेलका अनुसार वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको छ।

    खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार