Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पर्सामा ट्राफिक प्रहरीको असुली धन्दा

    पर्सामा ट्राफिक प्रहरीको असुली धन्दा

    धर्मेन्द्र यादव
  • आइतबार, १० असोज २०७८
  • 3K
    SHARES

    धर्मेन्द्र प्रसाद यादव / वीरगञ्ज । सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै भन्सार कार्यालयमा अवैध असुली धन्दा चलाइरहेको खुलेको छ । वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका हुन्।

    ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत बहुअरी चोकमा रहेका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ट्राफिक प्रहरी परिवर्त हुने उक्त चोकमा अहिले ट्राफिकका इन्चार्ज सई दीपेन्द्रकुमार साह छन् । दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको पीडितहरुले बताएका छन् ।



    ड्राइपोर्ट बहुअरी चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।



    त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।

    मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

    क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । बीरगञ्ज भन्सार कार्यालय आईसिपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको प्रमाण भेटिएको छ ।

    त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए ।

    अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी चोक सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ । यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ  ।

    यसबारे २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख एसपी हिमालय श्रेष्ठसँग प्रतिकृया लिन खोज्दा ‘म मिटिङमा छु त्यहाँको ट्राफिकका इन्स्पेक्टरसँग यस विषयमा बुझ्नुस्’ भनेर पन्छिए । पर्सा ट्राफिक इन्चार्ज इन्सपेक्टर सुमन कार्कीसँग पनि प्रतिकृया लिने प्रयास गर्दा उनले पनि ‘आफू मिटिङ रहेको’ भन्दै बहाना बनाएर प्रतिक्रिया दिन इन्कार गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार