Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमालेलाई जनतासामु भोट माग्न जान लाज छैन : ओली

    एमालेलाई जनतासामु भोट माग्न जान लाज छैन : ओली

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा हुँदा असाधारण काम गरेको भन्दै त्यसैलाई लिएर चुनावका लागि जनतामा जान निर्देशन दिएका छन् ।

    आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी काम गरेको दावी गरे । ओलीले आफ्नो शासनकालमा विकासको भिजन प्रस्तुत गरेको पनि बताए ।



    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी पार्टी केन्द्रीय कमिटीको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले भने–‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’



    कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने बताउँदै उनले भने–‘संविधान बन्ने बित्तिकै पनि हाम्रो सरकार बनेको थियो । त्यसलाई षड्यन्त्र गरेर ढालियो । हामी प्रतिपक्षीमा पुग्यौं । तर पछिको सरकारमा आयौं । अहिले पनि हामी सरकारमा छैनौं । तर, सरकारमा हुँदा असाधारण काम गरेका थियौं । त्यही लिएर जनतामा जानुहोस् । चिन्ता लिनुपर्ने केही छैन ।’

    उनले कोभिडको नियन्त्रणमा शून्यबाट तयारी सुरु गरेको र त्यसमा पनि राम्रो काम गरेको दाबी गरे । उनले भने–‘पहिलो संक्रमितको परीक्षण गर्न हङकङ पठाएका थियौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार