Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय समिति बैठकबाट बाहिरिंदै भीम रावलले भने- मौनताको अर्थ हुन्छ, समय आएपछि बोल्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले समय आएपछि मौनताको अर्थ थाहा हुने बताएका छन्।

आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा चलिरहेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिदै नेता रावलले पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्नेत बताए।

बैठकमा उपस्थित एक नेताका अनुसार रावलले छलफलमा आफू अहिले केही नबोल्ने र समय आएपछि बोल्ने बताउँदै बाहिरिएका छन् । ‘मौनताको अर्थ रहन्छ। तत्काल केही बोल्दिनँ भन्दै बाहिरिनु भयो, 'रावलको भनाई उद्धृत गर्दै ती नेताले भने।

पछिल्लो समय एमालेभित्र असन्तुष्ट रहेका रावलले पार्टीको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएको बताएका छन्।

]केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उक्त बैठकमा पनि ठोस सहमति भने भएन । तेस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

असोज १५ देखि हुने विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077