Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो

    कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गत मंगलबार राति कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्जवल विकको शव भेटिएको छ ।

    ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरीले बताएको छ ।



    महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए । बज्राचार्यले बालकले कपन मावि लेखेको लुगा लगाएको र अनुहार चिन्न गाह्रो हुने खालको रहेको जानकारी दिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार