Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • एभरेष्ट प्रिमियर लिग: विराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य

    एभरेष्ट प्रिमियर लिग: विराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चौंथो संस्करण अन्तर्गत विराटनगर वारिवर्सले जितका लागि चितवन टाइगर्सलाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो ।



    खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रन, अनिल शाहले ३२ रन र सौरभ खनालले अविजित ३० रनको योगदान दिए।



    विराटनगरका रायन पाठनले ४, चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोडे ।

    चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २/२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार