Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • २२ दिनसम्स पनि उठेन सीताको शव : माइती भन्छ, ‘हत्या’, प्रहरी भन्छ, ‘आत्महत्या’

    २२ दिनसम्स पनि उठेन सीताको शव : माइती भन्छ, ‘हत्या’, प्रहरी भन्छ, ‘आत्महत्या’

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.6K
    SHARES

    लुम्बिनी — रूपन्देहीको तिलोत्तमा– ५ स्थित घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएकी सीता भण्डारी पौडेलको शव २२ दिनसम्म पनि उठ्न सकेको छैन। भदौ २० को बिहान मृत भेटिएकी २७ वर्षीया पौडेलको हत्या भएको भन्दै माइतीपक्षले शव उठाउन दिएका छैनन्।

    न्याय नपाउन्जेल अन्त्येष्टि नगर्ने उनीहरूको अडानका कारण २२ दिनदेखि शव लुम्बिनी प्रादेशिक अस्पतालमा छ। घटनाको निष्पक्ष छानबिन माग गर्दै आफन्त र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन्।



    घटनाको निष्पक्ष छानबिन माग गर्दै आफन्त र अधिकारकर्मीको छ। उता प्रहरीले पौडेलले आत्महत्या नै गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्टबाट आत्महत्या प्रमाणित भएको प्रहरीले दाबी गरेको छ। तर आफन्तलाई प्रहरीको भनाइमा विश्वास छैन।



    सीताको दुई वर्षअघि तिलोत्तमा–५ का टीका पौडेलसँग विवाह भएको थियो। विवाहपछि उनीहरूले पाल्पाको तानसेनमा दी दरबार रिसोर्ट सञ्चालन गर्दै आएका थिए।

    तीजका लागि भदौ ६ मा माइत आएकी सीतालाई जेठाजुका छोराको जन्मदिन परेको भनी घरमा बोलाइएको थियो। भदौ १९ को दिउँसो उपहारसमेत किनेर सीता घर पुगेकी थिइन्। त्यसको भोलिपल्ट बिहान उनी आफ्नो कोठामा चुन्नीको पासोमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

    माइती पक्षले परिवारका सदस्यकै कारण छोरीको मृत्यु भएको भन्दै उजुरी दिएको छ। इलाका प्रहरी कार्यालय बुटवलले सीताका श्रीमान् टीका, आमाजू विष्णु र जेठाजु हरिलाई नियन्ज्ञणमा लिएर अनुसन्धान गरिरहेको छ। घटनाको अनुसन्धानमा सीआईबीको टोली पनि खटिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार