Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हैदरावादमाथि पञ्जाब किङ्सको रोमान्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराईजर्स हैदरावादमाथि पञ्जाब किङ्सले रोमान्चक जित निकालेको छ।

दुबईको सारजाह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा पञ्जाबले हैदरवादलाई ५ रनले हराएको हो। पञ्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय २० रन बनाउन सक्यो।

हैदरावादका लागि जेसन होल्डरले अविजित ४७ रन बनाए। पञ्जाबका रबि बिश्नोईले ३ तथा मोहमद शामीले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो।

पन्ञ्जाबका लागि एडिन मार्क्रमले २७ र कप्तानकेएल राहुलले २१ रन बनाए। हैदरावादका जेसन होल्डरले ३ विकेट लिए। जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोड्दै अंक तालिकाको पांचौं स्थानमा उक्लिएको छ। २ अंक मात्र जोड्न सकेको हैदरावाद अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077