Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकमुनि भ्यान पस्दा ६ जनाको घटनास्थलमै मृत्यु

एजेन्सी । भारतमा एक भयानक सवारी दुर्घटना भएको छ। अनियन्त्रित भएर भ्यान ट्रकको मुनि पस्दा भ्यानमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ।

भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। दुर्घटनामा सानो गाडीमा सवार १० जनामध्ये ६ जनाको मृत्यु भएको र अन्य ४ जना गम्भिर घाईते भएको बताइएको छ।

उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ। जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट (आरईईटी) को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेका थिए। दुघएटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077