Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अबको चुनावपछि केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित कार्यक्रममा नेपालले एमालेका नेताहरूले जस्तै गाली गरेमा उनीहरू र आफूहरूमा फरक नदेखिने बताए ।

हेटौंडामा शनिबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेको बताए । उनीहरूको काम नै गाली गर्ने र त्यसैमा रमाउने भन्दै नेपालले भने–‘हामी त्यस्तो गर्ने छैनौं ।’

नेपालले भने–‘हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’ एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो । उनले भने–‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ।’

एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उनले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077