Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब सरकारमा जाने पालो हाम्रो : झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताइन् ।

शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उनले भनिन्–‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन । मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो । यसले हामीलाई बाटो खुल्यो ।’

सरकारमा सहभागी हुने दिन नतोकेपनि उनले अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र छिटै सरकारमा सहभागी हुने बताइन् । सञ्चारकर्मीहरुसँग सचिव झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने पनि बताइन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077