Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • ईपीएल :

    ललितपुरसामु काठमाडौंले दियो १५८ रनको लक्ष्य, सन्दिप र साहिद लिन सकेनन् विकेट

    ललितपुरसामु काठमाडौंले दियो १५८ रनको लक्ष्य, सन्दिप र साहिद लिन सकेनन् विकेट

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स–११ लाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रहेका हाम्रा सहकर्मी निर्मलबाबु लामिछानेले जनाए अनुसार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।

    खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भए पनि पवन सर्राफले ६१ रन बनाए । पहिलो ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।



    त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरको इनिङ्स सम्हाले । यी दुईले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।  पवन र योगेन्द्र सिंह कार्कीले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे । वनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोडे ।



    काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

    कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन र पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए पनि विकेट लिन भने सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार