Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: शीर्ष नेताको निर्णयमा शेखर र गगनको आपत्ति, उठाए यस्तो गम्भीर प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वघोषित कार्यतालिकाको मिति परिवर्तन गर्ने शीर्ष नेताको सहमतिमा नेताहरु शेखर कोइराला र गगन थापाले प्रश्न उठाएका छन् ।

बुधबारदेखि शुक्रबारसम्म बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले १३ जिल्लाको विवाद कायमै रहेको अवस्थामा हिमाली जिल्लामा मात्रै कार्यतालिका लागू हुने र बाँकी जिल्लामा दसैंपछि मात्रै जिल्ला तहसम्मको अधिवेशन गर्ने गरी कार्यतालिका फेरबदल गरेको थियो ।

यसै बिषयमा नेताद्वय कोइराला र थापाले भने पदाधिकारी र पूर्वपदाधिकारीहरुले गरेको त्यस्तो निर्णयमाथि प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जालमार्फत् नेता थापाले भनेका छन्,  कति सजिलै सर्छ अधिवेशनको मिति! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने? भन्दै प्रश्न गरेका छन्।


त्यस्तै, नेता कोइरालाले लेखेका छन्, 'नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो ? सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ? अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने बिषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ। महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो ?

पदाधिकारीहरुले कांग्रेसलाई कहाँ पुर्याउन खोजेको ? कतै पदाधिकारी र पुर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको त होइन ? आशंका पैदा भएको छ। यो निर्णय सच्चिनु जरुरी छ । क्रियाशील सदस्यता बिवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन शुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो।'


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077