Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

    खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ ।

    कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।



    सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ । कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।



    विद्यालयमा कोरोनाभाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन् ।

    त्यसैगरी यो निर्णयले सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन दवाब सृजना गर्ने पनि सरकारी अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ । विषेश गरेर शिक्षा क्षेत्रका व्यक्तिहरुलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार