Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका डीआईजीहरुको सरुवा : कसलाई कहाँ पठाइयो ?

काठमाडौं । बिहीबार गृह मन्त्रालयले सशस्त्र प्रहरीका डीआईजीहरुको सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिस्तरिय निर्णय गर्दै डीआईजीहरुको सरुवा गरेका हुन्।

मन्त्रालयका अनुसार सरुवा हुने डीआईजीहरु राजु अर्याल सशस्त्र प्रहरी मुख्यालय, प्रदेश १मा कमल गिरी, प्रदेश दुईमा गणेश ठाडा मगर, बागमतीमा किशोर प्रधान, गण्डकी प्रदेशमा शम्भु सुवेदी, लुम्बिनी प्रदेशमा कुलबहादुर नेम्वाङ, सुदूरपश्चिम प्रदेशमा दुर्गा भट्टराई र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन्।

यस्तै, सचिवालयमा मन्दीप श्रेष्ठको सरुवा भएको छ भने डीआईजी अभिकुमार खत्रीलाई सुर्खेतमै राखिको छ। डीआईजीहरु नारायणदत्त पौडेल र सिपी गौतमको सशस्त्र प्रहरी मुख्यालयमा सरुवा भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077