Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देवरको योजनामा भाउजुको हत्या : भाञ्जासहित ४ जना पक्राउ, मुख्य योजनाकार अझै फरार

काँकडभिट्टा — प्रहरीले झापा गाउँपालिका–१ माइती घर भएकी एक महिलाको हत्याको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। भारत विहारको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने करिब ५० वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्यामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने मृतकका भाञ्जा २३ वर्षीय ऐतवार सोरेन, मृतकको सौताको छोरो झापा गाउँपालिका–१ बस्ने ३७ वर्षीय लखन टुडु सतार, सोही स्थान बस्ने ५६ वर्षीय सिरी साइला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय हेमरम सतार रहेका छन्।

गत भदौ २४ गते राति धोन्नी टुडुको माईखोला किनारमा धारिलो हतियारको प्रयोगबाट हत्या भएको थियो। हत्या भएको भोलिपल्ट आधा शरीरसहितको शव फेला पारेको थियो। हत्याका मुख्य योजनाकार भनिएका मृतकका देवर किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ४५ वर्षीय हेमरम मण्डल (सतार) भने फरार छन् उनकै योजना अनुसार महिलाको हत्या भएको प्रहरीको भनाइ छ।

हत्याको मुख्य कारण देवर भाउजुको जग्गा विवार रहेको पाइएको छ। मृतक महिलाका श्रीमान पनि केही समयअघि बितेका थिए। उनको छोराछोरी कोही नरहेको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077