Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जबरजस्ती करणी मुद्दाका फरार च्याङ्गवा १० वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जवरजस्ती करणी मुद्दामा फरार रहेका एक पुरुषलाई १० वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपालचोक घर भइ भक्तपुर सल्लाघारी बस्ने ३८ वर्षीय च्याङ्गवा भन्ने सागर तामाङ रहेका छन् । तामाङलाई सीआईबीको टोलीले बुधबार सल्लाघारी चोकबाट पक्राउ गरेको हो।

सीआईबीका एसपी कमल थापाका अनुसार पक्राउ परेका तामाङले १५ वर्षीया बालिकालाई फोनबाट सम्पर्क गरी राम्रो काम लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभन पारेर २०६८ कात्तिक २० गते जवरजस्ती करणी गरी फरार रहेका थिए।

एसपी थापाका अनुसार तामाङलाई जिल्ला अदालत काठमाडौंले ०७१ वैशाख ५ गते ९ वर्ष कैद र पिडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको सजाय ठहर गरेको थियो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077