काठमाडौँ । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि काठमाडौं आइपुगेका छन् ।
पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका अफ्रिदी बिहीबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
शनिबारदेखि सुरु हुने ईपीएलमा अफ्रिदी काठमाडौं किङ्स ११ बाट खेल्दैछन्।
सन्दीप लामिछानेआबद्ध टोली काठमाडौँं किङ्स ११बाट उनले ललितपुर प्याट्रियोट्सविरुद्ध उद्घाटन खेल खेल्नेछन् ।
Leave a Reply