Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी राष्ट्रिय हित अनुकुल नभएको नेकपा समाजवादीको ठहर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ।

केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेकोपार्टी सचिवालयले जनाएको छ। बैठकले एमसीसीलाई यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने भन्दै राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने जनाएको छ।

यस्तै आज बिहान  बसेको सचिवालय बैठकले पार्टी पदाधिकारीहरुको टुंगो समेत लगाएको छ । जस अन्तर्गत बेदुराम भुसाललाई महासचिवमा चयन गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077