Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले महासचिव चयन गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ। मंगलबारबाट शुरु भएको बैठक बुधबार केहीबेर बसेर स्थगित गरिएको थियो।

बुधबार सत्ता गठबन्धनको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक रोकिएको थियो। बिहीबार बस्ने बैठकले पार्टीको महासचिव चयन गर्ने बताइएको छ। बैठक बिहान ११ बजे बैठक बस्नेछ।

महासचिवमा डा. वेदुराम भुसालको सम्भावना रहेको स्रोतले जनाएको छ। महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेललगायतले दाबी गरेका छन्। यीमध्ये पनि भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको एक नेताले बताए।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडकाअनुसार बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ। यसअघि अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भइसकेको छ।

मंगलबार अध्यक्ष नेपालले १२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। बुधबार उक्त प्रस्तवमाथि उठेको प्रश्नको जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077