Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह आक्रोशित, खोज्यो भाग

    खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह आक्रोशित, खोज्यो भाग

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका नेता नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह आक्रोशित बनेको छ।

    पछिल्लो समय देउवाको निर्णयमा असन्तुष्ट बन्दै आएको पौडेल समूहले मन्त्रिपरिषद्‌मा आफ्नो समूहको भागबारे समेत प्रश्न उठाएको छ । बुधबार दिउँसो महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको सो समूहको बैठकले आफ्नो समूहको भागबारे प्रश्न उठाएको हो ।



    ‘मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो,’ बैठकमा सहभागी एक नेताले भने, ‘खास कांग्रेसले पाउने मन्त्रालयको संख्या कति हो ? त्यसमा हाम्रो समूहको भाग कति हो ? त्यही मुख्य प्रश्न हो।’ परराष्ट्रमन्त्रीमा पौडेल समूहबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी थियो ।



    पौडेल समूहको बैठक सकिएपछि नेताहरु सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् । देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार