काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठकमा सहमति भएसँगै नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको छ ।
अब राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्ने देउवाको सचिवालयले जनाएको छ ।
समय तय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । खड्का कार्यभार सम्हालेर आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने पनि वताइएको छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।
Leave a Reply