Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको राजनीतिक प्रतिवेदन : ओलीमाथि खरो टिप्पणी, गठबन्धन जारी राख्न जोड (पूर्णपाठ)

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन्। काठमाडौंमा मंगलबारदेखि शुरु भएको बैठकको पहिलो दिन उनले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदनमा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति खरो टिप्पणी गरेका छन्। त्यस्तै अध्यक्ष नेपालले जारी गठबन्धनलाई चुनावसम्म लैजाने पनि जानकारी गराएका छन्।

‘अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ।

‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो,’ ओलीप्रति टिप्पणी गर्दै प्रतिवेदनमा उल्ल्ेख गरिएको छ।

यस्तो छ पूर्णपाठ :


 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077