Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोभिड व्यवस्थापन सम्बन्धी नयाँ आदेश जारी

काठमाडौँ । सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकार (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) ले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण  नयाँ आदेश जारी गरेको  प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार आदेशमा प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ । समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् ।

यसैगरी आजको बैठकले कोरोना भाइरसका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077