काठमाडौं । साउथ इण्डियन अभिनेता थालापती विजयले आफ्ना बाबु-आमासहित ११ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गराएका छन् ।
भारतीय मिडियाका अनुसार उनले आफुलाई राजनीतिमा आउन फोर्स नगर्न भन्दै बाबु चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गराएका हुन्।
उनले बाबु चन्द्रशेखरले आफूलाई राजनीतिमा आउन दबाव दिएको र आफ्नो इच्छा विपरित आफ्नो नामको पार्टी समेत दर्ता गराएको भन्दै अदालतमा मुद्धा दर्ता गराएको बताइएको छ।
मुद्दामा कसैलई पनि मानिसहरु जम्मा गर्न र कुनै पनि किसिमको बैठक गर्नको लागि विजयको नाम प्रयोग नगर्न आदेश दिन माग गरिएको छ । मुद्दाको यही २७ सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।
Leave a Reply