Online Nepal
  • बुधबार, १० पुष २०८१
  • हस्तकलाका सामानभित्र चरेस राखेर विदेश पठाउने गिरोहका ९ जना पक्राउ

    हस्तकलाका सामानभित्र चरेस राखेर विदेश पठाउने गिरोहका ९ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार-पोसार गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको छ ।

    उनीहरुलाई कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो बढी चरेसहित मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    पक्राउ परेकाहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।



    ब्यूरोका अधिकारीहरुका अनुसार पक्राउ परेकाहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    यस बिषयमा थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार