Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • देउवाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाएको कोइरालाको आरोप

    देउवाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाएको कोइरालाको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाएको आरोप लगाएका छन् ।

    मंगलबार कोइराला निवासमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले प्रधानमन्त्री समेत रहेका देउवाले १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा राखेको आरोप लगाए ।



    कार्यकर्ताहरु नेताहरुको दास नभएको भन्दै उनले भने, ‘कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?, कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरुले किन राखिरहनु भएको छ ?’



    १३ जिल्लाका क्रियाशील सदस्यताको छिट्टो टुंगो लगाउन पर्ने भन्दै कोइरालाले प्रश्न गरे, ‘शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ ? अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरुलाई ?त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरुलाई अन्योलमा राखिदिने ?

    यस्तै, पार्टीका तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति (कृष्णप्रसाद सिटौला, रमेश लेखक र मिनेन्द्र रिजाल)ले अहिलेसम्म केही काम नगरेको गुनासो गरे । उच्चस्तरीय छानबिन समितिले लिएको समय पनि बितिसक्दा पनि किन क्रियाशील सदस्यता बाँकी जिल्लामा टुंगो नलगाएकोमा कोइरालाले आपत्ति जनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार