Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बलिउड अभिनेत्री पायल घोषमाथि एसिड आक्रमण, घटनाबारे सुनाइन् यस्तो वृतान्त (भिडियो)

    बलिउड अभिनेत्री पायल घोषमाथि एसिड आक्रमण, घटनाबारे सुनाइन् यस्तो वृतान्त (भिडियो)

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । बलिउड अभिनेत्री पायल घोषमाथि मुम्बईमा एसिड आक्रमण भएको छ।

    सोमबार साँझ आक्रमणको शिकार भएकी उनी औषधि लिन बाहिर निस्केकी थिइन्। आक्रमणबाट सामान्य चोटपटक लागेको उनले बताएकी छिन्।



    सामाजिक सञ्जालमा एक भिडियोमा घटनाको बारेमा कुरा गर्दै घोषले भनेकी छिन्, ‘म मेरो ड्राइभिङ सिटमा बस्न लागेको थिएँ। त्यहीबेला केही मानिसहरु हातमा एसिड बोकेर आए । उनीहरुले मलाई आक्रमण गर्न खोजे ।  म मद्दतको लागी चिच्याएँ र उनीहरु भागे।’



    त्यस्तै, उनले भिडियोमा भनेकी छिन्, ‘उनीहरुले मलाई मेरो टाउकोमा रडले हिर्काए, तर सौभाग्यबस मेरो टाउकोमा कुनै चोट छैन, र मेरो हातमा चोट लागेको छ किनकि उनीहरुले मेरो हातमा हिर्काए। मैले उनीहरुको अनुहार देख्न सकिन । म र मेरो भाई जानेछौं र यस विषयमा एफआईआर गर्नेछौं।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार