Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रुर हत्या : प्रेमीसँग मिलेर आफ्नै श्रीमान् सिध्याइन्, शवलाई टुक्राटुक्रा पारेर केमिकल हालिन्

एजेन्सी – श्रीमान र श्रीमतीको सम्बन्च दुनियाँमा सबैभन्दा विश्वासिलो सम्बन्ध मानिन्छ। तर सबैका हकमा यो कुरा लागू हुँदैन।

भारतको बिहारमा एक महिलाले आफ्नो पति क्रुर तरिकाले हत्या गरेकी छिन्। ती महिलाले आफ्नो प्रेमी र बहिनीको सहयोगमा आफ्नो पतिको हत्या गरेमने बताइएको छ।

उनले पहिको हत्या गरिन्। त्यसपछि शवलाई टुक्राटुक्रा बनाएर केमिकल हालेकी थिइन्। जसका कारण शव गलेर नष्ट होस्। घटना मुजफ्फपुरको हो। हत्या हुनेमा ३० वर्षीय राकेश रहेका छन्। प्रहरीले उनकी श्रीमती राधा, प्रेमी सुवास र महिलाकी बहिनीले मिलेर हत्या गरेको आरोप लगाएको छ।

शवलाई ठेगान लगाउन महिलाका प्रेमी सुवासले फ्ल्याट भाडामा लिएका थिए। त्यहीँ लगेर उनीहरुले शवलाई टुक्राटुक्रा पारे। शवलाई गलाउने रसायन प्रयोग गरिएको प्रहरीको भनाई छ। त्यसक्रममा ब्लास्ट भएको थियो। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो।

मृतकका भाइ दिनेशले भाउजु राधा र सुवासबीच अवैध सम्बन्ध रहेको बताएका छन्। दिनेशले उनीहरुविरुद्ध हत्या गरेको आरोपमा मुद्धा दर्ता गरिसकेकेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077