Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : बेङ्ग्लोर र कोलकाता भिड्दै, हेड टु हेडमा को अघि ?

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुँदैछ ।

यसअघि भएको पहिलो खेलमा कोलकता बेंगलोरसँग ३८ रनले पराजित भएको थियो । पछिल्ला चार खेलमा कोलकाताले बेंगलोरलाई पराजित गर्न सकेको छैन । आईपीएलमा बेंगलोर र कोलकताबीच कुल २७ खेल भएका छन् । कोलकता १४ खेलमा विजयी हुँदा १३ खेलमा पराजित भएको छ ।

हाल अंकतालिकाको शीर्ष स्थानमा चेन्नई सुपर किंग्स उक्लिएको छ भने दिल्ली क्यापिटल्स  नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स चौथो स्थानमा छ ।

यस्तै, राजस्थान रोयल्स पाँचौं स्थानमा छ । पन्जाब छैटौं स्थानमा छ । कोलकाता सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077